पर्सामा धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या

सिमरा : पर्सामा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् ।

बिहिबार पर्साको कालिकामाई गाउँपालिकाका मुक्तिनारायण राउत कुर्मीले आफ्नी ३५ बर्षिया श्रीमती संगितादेवीको हत्या गरी फरार भएका हुन् ।

कुर्मीले आफ्नै घरमा घाँटीमा धारिलो हतीयार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगञ्जमा राखिएको र हत्या गरि फरार भएका मृतकका पती कुर्मीको खोजतलास भैरहेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस