लिखु तामाकोसी गाउँपालिका दुरागाउँको विद्युतीकरण प्रकरणको जिल्ला स्तरीय टोलीबाट स्थलगत अनुगमन

रामेछापको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँमा विद्युत लाइन विस्तारको क्रममा भएको आर्थिक अनियमितताको विषयमा अध्ययन गर्न जिल्ला स्तरीय टोली शुक्रबार दुरागाउँमा पुगेको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराई, नेपाल विद्युत प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख विनोद अधिकारी नेकपका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेखबहादुर कार्की, पत्रकारहरु लगायतको टोलीले विद्युत लाई विस्तार कार्यको स्थलगत अनुगमन गरेको थियो ।
सो क्रममा उपभोक्ता समितिका पदाधिकारी, स्थानीय नागरिहरुसँग समेत भेटघाट गरि छलफल भएको थियो । अध्ययनको क्रममा प्रयोग गरिएका सामाग्रिहरु गुणस्तरीय देखिएको तर प्रयोग भएको परिमाण र मुल्य भने अध्ययन पछि मात्र थाहा हुन नेपाल विद्युत प्राधिकरण मन्थली वितरण शाखाका प्रमुख अधिकारीले बताए ।उपभोक्ता समितिका अध्यक्षहरुले सामान खरिद लगायतका काम गाउँपालिका अध्यक्ष मार्फत नै भएकोले आपूmहरुलाई खरिद र मुल्यको बारेमा धेरै कुरा थाहा नभए पनि गाउँका सबै घरमा बत्ति पुगेको बताए । सो वडामा विद्युतीकरणको लागि ४ वटा उपभोक्ता समिति गठन भएका छन् । वडामा करिव ८ सय घर रहेकोमा ७ सय भन्दा बढी घर परिवारले विद्युत जडान गरि बत्ति बालि सकेको उपभोक्ता समितिका अध्यक्ष काजि थापाले जानकारी दिए । उनले करिव सबै घरमा विद्युत पुगि सकेको पनि उनले बताए ।
लिखु तामाकोसी गाउँपालिकाको सो वडामा विद्युत लाइन विस्तारको क्रममा १२ करोड भन्दा बढी खर्च भएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्द खड्काले गत वर्ष विनियोजन गरेको रकमबाट थप ६ करोड रुपैयाँ अपुग भएकोले रकम छुट्याउन गाउँ सभामा प्रस्ताव लगेपछि विवाद भएको थियो । सो विवादको क्रममा अध्यक्षले आक्रमणको प्रयाश गरेको भन्दै प्रमुख प्रशासकिय अधिकृत, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष सहित १० जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरेका थिए । लिखु तामाकोसी गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।
त्यसको केहीदिन पछि काठमाडौँको स्यम्भूमा प्रहरीले लिखु तामाकोसी गाउँपालिकाका २ जना युवालाई फोनबाट धम्क्याएर गाउँपालिका अध्यक्ष खड्कासँग रकम अशुल गर्न खोजेको आरोपमा गोलि हानी पक्राउ गरेको छ । आपूmलाई धम्क्याएर रकम माग गर्ने घटनामा उपाध्यक्ष दीपशिखा दाहाल र वडाअध्यक्ष सुवाष बोहोराको हात रहेको भन्दै खड्काले आरोप लगाउँदै आएका छन् । सो वडामा विस्तार गरिएको विद्युत लाइनमा अध्यक्षले दावि गरेजित विद्युत पोल र तार खर्च नभएको कार्यपालिका सदस्यहरुको दावि रहेको छ । उनीहरुले त्यसको प्राविधिक रुपमा अध्ययन गरि खर्च अनुसारको रकम मात्र भुक्तानि गर्नु पर्ने माग गर्दै आएका छन् । अध्यक्षले भने आपूmले अगुवाई गरेको काम माथि प्रश्न नउठाउन आग्रह गरेका छन् ।तामाकोसी अनलाइन

प्रतिक्रिया दिनुहोस