अनुगमनका क्रममा ठगी गरेको पाईएपछी बाराको अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर, पर्साको अर्निका ट्रेडर्स र रौतहटको खान आयल स्टोरका सञ्चालकलाई जनही तीन वर्ष कैद सहित ३० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए ।
त्यस्तै बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही १० हजार रुपैयाँ जरिवाना तथा तीन महिना कैद सजायको दाबी गरिएको उनले जानकारी दिए ।