पत्रकार पुडासैनी आत्महत्या प्रकरण : लामिछानेका समर्थकद्वारा गृहमन्त्रीकाे राजीनामा माग

काठमाडौं:- आत्महत्या दुरुत्साहनअन्तर्गत अनुसन्धानका क्रममा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका छन् । लामिछानेलाई रिहा गर्न माग गर्दै उनीहरूले प्रहरी कार्यालयमा ढुंगा हानेका हुन् ।

लामिछानेलाई तत्काल रिहा गर्नुपर्ने भन्दै उनीहरूले लगातार प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शन नरोकिएपछि प्रहरी कार्यालयको पछाडिको ढोका हुँदै उनीहरूलाई अदालत पुर्याइएको थियो । त्यसपछि पनि समर्थकहरूले अदालत आसपास लगातार नारावाजी र प्रदर्शन गरेका थिए ।

यस्तै, शुक्रबार साँझ ७ बजे लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनसहित प्रहरी कार्यालयमा ढुंगा हानेपछि केहीबेर तनावको अवस्था उत्पन्न भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दश सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीका ढुंगा लागेर पाँच जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहले जानकारी दिए । लामिछानेका समर्थकले नियोजित रूपमा फसाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामासमेत मागेका थिए ।

पत्रकार पुडासैनीले आत्महत्याअघि भिडियो रेकर्ड गरी लामिछाने, कँडेल र कार्कीको यातनाका कारण आफू आत्महत्याको निर्णयमा पुगेको उल्लेख गरेका थिए । भिडियाे सार्वजनिक भएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस