सबैले यात्रा गर्न छिटो र सहज मानेको अटोको भाडादर कायम भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा संचालित अटोले अव निश्चित ठाउँमा निश्चित भाडामात्र लिन पाउने छन् । विहिबार प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षतामा बसेको अटोको भाडादर तथा रुट कायम सम्बन्धी सर्वपक्षिय भेलाले अटोको भडा तथा रुट निर्धारण गरेको हो । जिल्लामा सञ्चालनमा रहेका अटोले मनलाग्दी भाडा लिएको र अप्ठेरो सडकमा पनि जोखिम मोलेर अटो चलाउँने गरेको गुनासो आएपछि सरोकरावाला निकायसंग आवश्यक छलफल गरेर भाडादर निर्धारण गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जानकारी दिइन् । उक्त नयाँ भाडा साउन ३१ गते देखि लागु हुने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी केसी पाण्डेले जानकारी दिनुभयो ।
सर्वपक्षिय भेलाले मन्थली देवकोटा चोकबाट बसपार्कको रु २० रुपैयाँ , मन्थली दोवकोटा चोकबाट खीम्ती रु २०० रुपैयाँ , मदनआश्रित चोक रु २० रुपौयाँ , सानिमदौ रु ५० रुपैयाँ,भैसेश्वर रु २० रुपैयाँ, सोलमारी रु ३० रुपैयाँ , थापाचोक रु ३० रुपैयाँ , कुनौरी रु ५० रुपैयाँ, मच्छेडारी रु ३० रुपैयाँ ,बिटार रु ५० रुपैयाँ , मन्थली स्कुल रु २० रुपैयाँ र लिपेखोल रु ६० रुपैयाँ निर्धारण गरेको छ । देवकोटा चोकबाट आकाशेको रु ३० रुपैयाँ ,हाँटेचौरको रु २० रुपैयाँ,करम्बोटको रु ५० रुपैयाँ ,हलेदेको रु १२० रुपैयाँ र तिल्पुङखोलाको रु १५० रुपैयाँ भाडादर निर्धारण गरेको छ । त्यसैगरी दवकोटा चोकबाट कठजोर खोला रु १०० रुपैयाँ, मान्थली माविबाट सिटिइभिटिइ स्कुल रु ३० रुपैयाँ , देवकोटाचोकबाट हाक्तिटार रु १०० रुपैयाँ, सेलेघाट रु २०० रुपैयाँ , त्रिवेणी रु १५० रुपैयाँ र सुनारपानी पिचसम्म रु ५० रुपैयाँ भाडादर निर्धारण गरेको छ । त्यस्तै भाडादर सँगसँगै अटोले यात्रु बाहेक अन्य सामाग्री बोक्न नपाउने सहमती भएको पनि उहाँले बताउनुभयो । निर्धारण गरिएको नयाँ भाडादर पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि यात्रु र सरोकारवालाहरु बढी सचेत हुनुपर्ने उहाँको भनाई रहेको छ । अटो चलाउनको लागि जिल्ला भरीको अनुमती भए पनि जोखिम युक्त ठाउँहरुमा अटो नचलाउन अटो व्यवसायिहरुलाई आग्रह गरिएको पनि प्रजिअ केसी पाण्डेले जानकारी दिनुभयो ।