रिलिज अगावै कमायो ‘साहो’ले ३ अर्ब २० करोड

काठमाण्डौ –अहिले बलिउड सुपरस्टार प्रभास अभिनित साहो को चर्चा चलिरहेको छ । भर्खरै मात्र रिलिज गरिएको उक्त फिल्म को ट्रेलर ले निकै नै चर्चा कमाई रहेको छ ।

३० अगष्टमा रिलिज मिती घोषण गरेको यस फिल्म को भिएफएक्स, एक्सन स्टन्ट सिन भएकोले गर्दा दर्शलाई यस को बेग्र प्रतिक्षा भएको हो ।

रिर्पोट अनुसार यस फिल्म ले रिलिज अघि नै लगानी सुरक्षीत गरीसकेको छ । भारतीय मिडियाका अनुसार ‘साहो’ प्रर्दशनमा आउनु अघि नै ३ अर्व २ करोड कमाएको बताएका छन् ।

रिलिज अगावै कसरी कमायो भन्दा फिल्म मेकर्सले यस फिल्मको थिएट्रिकल राईटस् ३ सय २० करोडमा बिक्री गरेका छन् । यस बाहेक अझै यस फिल्मको सेटेलाइट र प्लेटफर्म राईट् गर्न बिक्री हुन बाँकी नै छ ।

यस फिल्मको निर्देशन सुजितले गरेका छन् । प्रभास सँगै श्रद्धा कपुर , ज्याकी श्रफ निल नितीन मुकेश , चङ्गी पाण्डे लगायताका कलाकारहरुको सशक्त अभिनय यस फिल्ममा देख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस