पत्रकार लामिछानेसहित तीनै जनालाई अदालत पेश गर्ने तयारी

काठममाडौँ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रबी लामिछाने सहित तिनै जनालाई चितवन प्रहरीले आज अदालतमा पेश गर्ने भएको छ ।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रबीलाई पक्राउ गरी चितवन पुर्याइएपछि उनका सर्मथकहरुले  प्रहरी परिसरमा नाराबाजी गरिरहेका छन् ।

पुडासैनीले आत्माहत्या गर्नु अगाडी रेकर्ड गरिएको भिडियोमा पत्रकार रबी लामिछानेसहित नाम लिएका व्यक्तिलाई गएराती जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी अनुसन्धानको लागि चितवन पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस