काठमाडौं :- कङ्गारु हाेटलमा झुन्डिएर आत्मा हत्या गरेका पत्रकार पुडासैनिकाे घटनाले लियकाे नयाँ माेड ।
चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने विरुद्ध कारवाही प्रक्रिया अघि बढायकाे बताएका छन्।
पत्रकार पुडासैनीको शव भरतपुरस्थित कङ्गारु होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम जाेडिदै आएकाले अनुसन्धान अघि बढाएको छ। बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब आयकाे अवस्थामा एसपी मल्लले पत्रकार लामिछाने माथिछानबिन गरि रयकाे बताउनु भयकाे छ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो रेकर्ड प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही प्रक्रिया अघिबडाउन थालिएको जानकारी दिनुभएकाे छ।
पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्।
म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको र पत्रकार रवि लामिछाने लाई पक्राउ गर्न सकिने चितवन प्रहरी प्रमुख दानबहादुरले नेपालयन खबरलाई जानकारि दिनु भयकाे छ।