मलेसिया:- बिश्व साइकल यात्रामा रहेका नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कबिराज मगर लाई नेपाल मगर सांस्कृतिक संघ मलेसियाको आयोजनामा मलेसियाको जोहोरबारुको बागुस सिटि होटेलमा भव्य स्वागत गरिएको छ। नेपाल मगर संघ क्षेत्रीय कमिटी ,इकाई कमिटीहरु, नेपाली राजदुतावास, विभिन्न संघ संस्था, व्यवसायी,बुद्धिजीबि,मिडियाकर्मि र सम्पुर्ण जोहोर राज्य क्षेत्रमा रहेका नेपाली श्रमिकहरुकाे उपस्थितिमा मगर लाई गत अाईतबार स्वागत गरिएको हाे।
नेपाल मगर सांस्कृतिक संघ मलेसियाका बर्तमान अध्यक्ष यम बलाल मगरकाे सभापतित्व,नेपाली राजदुतावास मलेसियाका दृतिय सचिब प्रतिक कार्किकेा प्रमुख अातिथ्यता तथा नेपाल मगर संघ मलेसियाका पुर्ब उपाध्यक्ष तथा नेपाल मगर संघ क्षेत्रीय कमिटी जोहोरका वरिष्ठ सहल्लाकार हेम बहादुर पुन मगरकाे बिशिस्ट अाथित्यतममा सम्पन्न कार्यक्रममा गैर अावसिय नेपाली संघ (NRNA) जोहोर का अध्यक्ष मिन बहादुर गुरुङ, गोर्खाली रेष्टुरेन्ट जेबि का सञ्चालक मोहन राई लगायतकाले बिश्व साईकल यात्रामा रहेका कबिराज मगर लाई बधाई तथा सफल यात्राकाे कामना सहित शुभकामना मन्तब्य राखेका थिए।
नेपाल मगर सांस्कृतिक संघ मलेसियाका सहल्लाकार पृथ्वी बुढा मगरकाे स्वागत मन्तब्य बाट सुरु भएकाे कार्यक्रमा
संघको तर्फबाट कलाकार हरुले मगर समुदाय कै प्रचलित मौलिख कौडा नृत्य,सालैजो गित प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा बिश्व साईकल यात्रामा रहेक कबिराज मगरले देश भक्ती गितमा नृत्य गरि नृत्य मार्फत नेपालीहरु जहाँ जस्तो अवस्थामा रहे पनि कहिल्यै कसैसंग नझुक्ने सन्देश प्रवाह गरेका थिए।कार्यक्रम मा बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट सङ्कलित रकम अार एम २६६६ विश्व साईकल यात्री कबिराज मगर लाई प्रदान गरीएकाे थियाे । कार्यक्रमको सञ्चालन नेपाल संघ क्षेत्रीय कमिटी जोहोर का सदस्य तथा नेपाल मगर सांस्कृतिक संघ मलेसिया महासचिव मिन बहादुर पुन मगर ले गरेका थिए