तुलसीपुर नगरजेेेेसिज ले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

दाङ:-   समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका विषयमा तुलसिपुर नगर जेसिजले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा प्रविन भुसाल प्रथम भएका छन् । पव्लिक ज्ञानज्योती मा अध्ययनरत भुसाल १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल भएका हुन ।
युवा प्रतिभा पहिचानका लागि आयोजित प्रतियोगितामा गुरु जजुर मा. वि का छात्र निराजन केसि द्धितीय भएका छन् । भने तुलसी मा.वि का छात्र भुपेन्द्र वलिले तृतीय स्थान ल्याउन सफल भएका छन् । त्यसै गरि हिमाल एकेडेमीका तिर्सना रोकाय ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएकि छिन्। प्रथम ,दृतिय , तृतीय र चौथो स्थान हासिल गर्ने प्रतियोगिहरु लाई नगद पुरस्कर , डायरी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तुलसिपुर नगर जेसिज का अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय का परिक्षा नियन्त्रक निलप्रसाद सापकोटाको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथी सापकोटाले देशको समृद्धि तथा आर्थिक विकासका लागि सरकारले लिएको खुसी नेपाली समृद्ध नेपाल नारालाई सार्थक र उपलब्धी मुलक बनाउन यूवाले खेल्नुपर्ने भूमिका बारे विचार व्यक्त गर्ने गरी आयोजित कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्नसक्ने बताएका छन् ।

तुलसिपुर -५ समिक्षालयको हलमा आयोजित प्रतियोगितामा नेपाल संस्कृत विश्वविद्यालय उपप्रध्यापक डा.बाबुराम आचार्य, पर्यटन विकास केन्द्रका का.वा अध्यक्ष तथा सिस्ने पानी नेपालका अध्यक्ष डा.लोकराज पराजुली तथा नेपाल संस्कृत विश्वविद्यालय उपप्रध्यापक डा.रिता ज्ञवाली निर्णायकको भूमिकामा थिए ।
भुमिगत जल सिचाइ जिल्ला महासंघ का अध्यक्ष लोकराज डाङी ,तुलसिपुर नगर प्याव्सन का अध्यक्ष गिरिराज डाङी , एन प्याव्सन जिल्ला कोषाध्यक्ष हरिप्रसाद भन्डारी लगायत अन्य अथितीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा तुलसिपुर नगर जेसिज का पुर्व अध्यक्ष सुर्यप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
तुलसिपुर नगर जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुर्णविक्रम डाङीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसिपुर नगर जेसिजका महासचिव मोहन सुनारले गरेका थिए

प्रतिक्रिया दिनुहोस