अन्तराष्ट्रिय युवा दिवस बिरगंजमा पनि मनाईयो

बिरगंज:- आज १२ अगस्ट अर्थात अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा वीरगन्ज युवा समाजको आयोजनामा वीरगन्जस्थित घण्टाघर चोकमा कार्यक्रम सम्पन्न भएको छ । युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक अगुवा डा. दिपक शाक्य, युवा अभियन्ता ओमप्रकाश सर्राफ, नेफिनका अध्यक्ष सोमबहादुर तामाङ, दलित अगुवा बुनिल राम, पत्रका महासंघ पर्साका सभापति श्याम बञ्जारा, नेपालपोष्टडेलि पत्रिकाका प्रकाशक मनोज पटेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा डा. दिपक शाक्यले आफ्नो तथा समाजको उत्थानका लागि युवा आफै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । समाज परिवर्तनका लागि अहिलेका युवाहरू एकताको आवश्यक्ता रहेको बताए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै युवा समाजका अध्यक्ष चौगाईले युवाहरूको उर्जाको सदुपयोग गर्दै देश विकासमा लाग्नुपर्ने र युवालाई विदेशिन रोक्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा समाजिक अभियन्ता,सञ्चारकर्मी ,विभिन्न संगठनका युवा हरुको बाक्लो उपस्थित रहेको थियो ।

युवा समाजका सचिव हेमन्त तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजिकरण समाजका सह सचिव विवेक कर्णले गरेका थिए।

प्रतिक्रिया दिनुहोस