प्रदेश दुईमा पहिलो पटक गाईजात्रा

सिमरा : जीतपुरसिमरा बारा प्रदेश २ को परिचय, विकास र सम्भावना भन्ने मुल नाराका साथ बामराको सिमरामा गाईजात्रा बिशेष कार्यक्रम आयोजना हुने भएको छ । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम अन्तर्गत ब्राण्डवर्थ प्रालिको आयोजनामा सातै प्रदेशमा हुन लागेको १० दिने कार्यक्रम अन्तर्गत प्रदेश दुईको सिमरामा भदौ १ गते यो कार्यक्रम गर्न लागिएको हो ।

प्रदेश २ को सिमरामा हुने कार्यक्रमका लागी होटल तथा पर्यटन ब्यवसायी संघ बारा र सिमरा फाउण्डेशनले संयुक्तरुपमा संयोजन गर्न लागेका छन् ।

स्थानिय स्तरमा संयोजन गरिरहेको संघ र फाउडेशनले सोमबार सिमरामा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछानेले सिमरालाई राष्टिय स्तरमा चिनाउन कार्यक्रमले निकै ठुलो महत्व राख्ने बताए ।

त्यस्तै सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुसेनले यस क्षेत्रमा पहिलोपटक गाईजात्रा कार्यक्रम आयोजना गर्न लागिएको भन्दै आफुहरु यसका लागी निकै उत्साहित रहेको बताए ।

सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि संघ र फाउण्डेशनको एक हजार पा“च सय र एक हजार गरी दुई किसिमको टिकट दर तय गरेको छ । कार्यक्रमलाई ब्यवस्थित बनाउन उक्त रकम खर्चिर्ने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनले बताए ।

गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, सांसद, स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दलका नेतासहित पा“च सय जनालाई सहभागी गराउने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउनेछन् । सिमरामा भदौ १ गते कार्यक्रम सकेर कलाकारको टोलीले गाईजात्रा कार्यक्रमलाई अन्य पा“च प्रदेशको हेटौडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा र संघीय राजधानी काठमाण्डौमा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस