दाङ:- दाङको तुलसिपुरमा तिज रामझम कार्यक्रम हुने भएको छ । मिडिया नेपाल दाङकाे अायाेजनामा अरणिकाे मैदानमा हुन लागेको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकार दुर्गस थापा,चन्द्र शर्मा ,टीका सानू,यज्ञ बिक,विशाल राईमाझि लगायतको प्रस्तुती रहेने अध्यक्ष तेज वलिले जानकारी दिय।
अायाेजकले अाज रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनकाे अायाेजना गरि भदौको ६ र ७ गते हुन लागेकाे कार्यक्रमका बारेमा जानकारी गराएकाे थियोे ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बाेल्ने बक्ताहरुले कलाकारकाे सम्मान र दर्शकहरुकाे ब्यबस्थापन मुख्य दायित्व रहेकाे भन्दै अायाेजकलाई कार्यक्रम सफल पार्न सबै सङग सहकार्य गर्न सझाब दियका छन । उनिहरुले अायाेजकले सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टि बिहिन परिवारलाई समेत सहयोग गर्ने भनी सञ्चालन गर्नलागेकाे अभियानको प्रशसा गरेका थिय ।
अायाेजकले कार्यक्रमबाट उठेकाे रकम मध्य दस प्रतिसत रकम हाल रक्षाचाैरमा रहेका एउटै परिवारका पाच जना दृष्टिबिहिन रुपा गन्दर्भ परिवारलाई सहयोग गर्ने लक्ष्य समेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत ,सुचना पत्र साप्ताहिकका सम्पादक बशि कुमार शर्मा ,मिडिया नेपाल दाङका अध्यक्ष तेज वलि,अार्थिक सयाेजक एसबि वलि,लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पत्रकार सम्मेलनकाे सहजिकरण पत्रकार प्रमाेद रियाज अाचार्यले गर्नुभएको थियोे ।