दगीशरण गाउँपालपकामा रक्तदान कार्यक्रम सम्पन्न

शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवनर्तन भन्ने मुल नाराका साथ २० औँ अन्र्तराष्ट्रिय युवा दिवशको अवसरमा दंगीशरण गाउँपालिकामा युवाहरुले रक्तदान गरेका छन् ।रक्तदान नै जिवनदान हो भन्ने उद्देश्यकासाथ दंगीशरण गाउँपालिकामा आईतबार रक्तदान गरिएको हो । सो अवसरमा २० जनाले रक्तदान गरेका थिए । नमूना युवा सांसद प्रतिपक्ष दलका खुसीराम चौधरीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नमूना युवा सांसदका युवाहरु, दंगीशरण गाउँपालिकाका कर्मचारीहरु, विरेन्द्र माबि हेकुलीका शिक्षक र विद्यार्थीहरु, एनआईसी बैँक दंगीशरणका कर्मचारी, नेवि संघ तुलसीपुर नगर कमिटिका युवाहरु, युवासंघका पदाधिकारी, पत्रकार लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त संचार सेवा घोराहीका प्रमुख दिलिप न्यौपानेको संयोजनमा आएका कर्मचारीहरुले सहयोग गरेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै सांसद धमकली चौधरीले नमुना यूवा सांसदको यो कार्यक्रमले दंगीशरणमा नयाँ कार्य थालनी भएको बताईन् ।सांसद चौधरीले नमुना युवा सांसदले गरेको उदाहरणिय कार्यप्रति खुसी ब्यक्त गरिन। नमुना युवा सांसद नेपाल दंगीशरण गाउँपालिकाको आयोजना एवं दंगीशरण गाउँपालिकाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस