संसदिय ब्यबस्था अब किन?

काठमाडौं :-   संसदिय ब्यबस्था फेल भै सक्यो !
सशस्त्र संघर्षका पक्षधरलाई सम्झाउन चाहन्छु- सन् १९७५/७६ पछि संसारमा भएका अधिकांश आन्दोलन सशस्त्र संघर्षबाट सफल भएका छैनन्। साह पिरानलाई जब इरानका जनताले सडकमा आएर भगाए। जति पनि परिवर्तन भए। रुस, पोल्याण्ड, चेकोस्लाभाकिया, हंगेरीमा परिवर्तन भए। एक थोपा रगत बगेन।
आजको समाजवाद बनाउन चाहनुहुन्छ भने शहर शहरमा, गाउँ गाउँमा पार्टीको मतभेद बिर्सिएर (कांग्रेस, कम्युनिष्ट, फोरमलाई बिर्सिनुस्) नागरिक एक भएर समूह संगठन बनाउनुस्।घनश्याम भूसालले जसरी संसदीय व्यवस्थाको कटु आलोचना गर्नुभयो म त्यसमा सहमत छु।
संसदीय व्यवस्थाको हामीले प्रयोग गरिसक्यौं, डेढ सय वर्ष। एक त हामी त्यसलाई विकृत रुपमा प्रयोग गरिरहेका छौं।संसदीय व्यवस्थाको उदाहरण भने पनि, माता भने पनि र प्रयोग गरे पनि बेलायती संसदीय व्यवस्था आजको उदाहरण हो। जुन, बेलायतको संसदीय व्यवस्थाको जानकारी हाम्रो नेतृत्व, पार्टी र जनतालाई छैन।
संसदीय व्यवस्थाको गुण हाम्रो संसदीय व्यवस्थामा छैन। बेलायतको संसदीय व्यवस्था गतिशील व्यवस्था छ। ५/७ वर्षमा कति नयाा कानुन बनेको छ। नेपालमा आज संसदीय व्यवस्था त्वमेव सत्ता च द्रविणं त्वमेव भएको छ। लाखौं करोडौं खर्च गरेर सांसद बन्ने र सांसद बनेको भोलिपल्टबाट त्यो खर्चलाई अशुल गर्ने भएको छ।
हामीलाई त पुग्यो। पाँच वर्षमा आयौं। तपाईंको ढोकामा हात जोड्यौं। मासुरक्सी खुवायौं। तपाईं त महान मान्छे भन्यौं अनि भोट लियौं गयौं। हामीलाई त पुग्यो। तलब पनि आयो, पाँच वर्ष।तपाईंहरु पाँच वर्ष हातमा हात जोडेर बस्तुहुन्छ। संसदीय व्यवस्थालाई विकृत गराउने, भ्रष्ट गराउने र सही ठाउँमा नहिंडाउनेमा नागरिकको जिम्मेवारी पनि त्यतिकै छ। अब अहिलेको गतिरोध, अहिलेको विकृतिबाट नेताहरुले कुनै बाटो देखाउन सक्दैन।
नेताहरुले खासमा कहीं पनि बाटो देखाउन सक्दैन। नामी कम्युनिष्ट कविले एउटा कवितामा लेखेको छ- ‘अभागी हो त्यो देश, जुन देशलाई नेता चाहिन्छ।’देश परिवर्तन गर्ने बेलामा हजारौं, लाखौंको संख्यामा तपाईहरु सडकमा निस्कने अनि भोट दिने बेलामा चाहिं जसले सबभन्दा बढी खर्च गर्छ। जो सबै भन्दा बढी चोर छ, त्यसलाई जिताउने ? अब सोंच्नुपर्छ।!!अहिलेको अवस्था के छ ? सांसद त बदलिएका छन्, प्रधानमन्त्री बदलिएको छ। तर, राज्यको संरचना ?
अहिले पनि यत्रा संभ्रान्त मानिसहरु, नेताहरु एसपी, डीएसपी, सिडियोका अगाडी डराउनुहुन्छ। मालपोतको हाकिमले नियमानुसार काम गर्दा दुई हजार नदिइ मान्दैन, नत्र टारिदिन्छन्।
एक, समाजवाद भनेको मुलुकमा ग्रोथ रेट बढाउने होइन, रोजगार बढाउने। द्रोस्रो, शिक्षा र स्वास्थ्यको क्षेत्रमा कुनै पनि नागरिकलाई जन्मिएको कुनै पनि बालकलाई आफू वञ्चित भएको महशुस हुन नदिने हो।
धनी र गरीब बीच खाडल छ। महिला र पुरुषबीच खाडल अनि दलित र बाहुन बीच खाडल छ। मधेशी र जनजाति अन्यायमा छन्। तर, जो निरक्षर र अशिक्षित छन्। त्यसलाई हेपेर हामी पढेलेखेकाले सबै जानेको भन्नेछ। नपढेका मानिस पनि कम छैनन् भनेर गाउँमा जानुपर्छ।
अन्त्यमा
बर्तमान्मा रहेका साझा बिबेकशिल , बिबेक्सिल नेपाली , जरोकिलो र नेपाल्कालागी नेपाली अभियान्का अभियान्ताहरु मिल्न मात्र सके मात्रै पनि अब काँग्रेस र नेकपा रुपि दलाल्हरुको पछाडी रहेको बौदिक युबायुबती टाँसिरहेर मासु र जाँडमा आफ्नो बौदिकता साट्छ छस्तो मलाइ लाग्दैन तर दुर्भाग्य यिचारै बिकल्प किन हो रटान देस परिवर्तनको तर काम खोपिको गरिरहेकाछन , कैले सुध्रने ???
प्रदिप गिरि मा आधारित !

प्रतिक्रिया दिनुहोस