दुई अर्वको लागतमा राजमार्गको दुईवटा योजनामा ४० किलोमिटर सडक तथा पुल निर्माणको कार्य भएको छ। जसमा १ अर्ब २० करोड रुपैयाँमा राजविराजदेखि बलान नदीसम्म सडक निर्माण गर्ने ठेक्का रौताहा श्रेष्ठ दिवा जेभीले पाएको छ। पुल निर्माण गर्ने जिम्मा बागमती निर्माण सेवालाई दिइएको छ।
अढाई वर्षको सम्झौता भएर बागमती निर्माण सेवाले १२ वटा पुल निर्माण थालेको छ। तर दुई वर्ष बित्न लाग्दा पनि एउटै पुलको निर्माण कार्य पूरा भएको छैन।
समान्य बाढीले पुल भत्काएपछि ठेकेदारले गुणस्तहीन समाग्रीको प्रयोग गरेकाे स्थानीय दिनेश्वर प्रसाद खत्वेले आरोप लगाउनुभयो। स्थानीयले पुल निर्माणमा प्रयोग भएको समाग्रीको जाँच हुनुपर्ने र ठेकेदार र प्राविधिकलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन्।
बागमती निर्माण सेवा कम्पनीका राजदेवकुमार यादवले भने स्टेसिङ्गको समय नपुगेर पुल भत्किएको बताउनुभएको छ ।