अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

नमुना युवा संसद नेपाल दंगिशरण गाउँपालिका दाङले अन्तराष्ट्रिय युवा दिवसलाई सफल पार्न सो दिवसको अवसमा आज रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।गाउँपालिकाको सहकार्य तथा समन्वयमा नमुना युवा संसद नेपाल दंगिशरण गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको नमुना युवा संसद दंगिशरण दाङका प्रधानमन्त्री सिएम बिश्वकर्माले बताए ।
बिश्वकर्माले अनुसार दाङमा रगतको अभाव रहकोले रगतको अभाव हुन नदिने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताएका छन।देशलाई सम्बृद्ध बनाउन युुुुवाको विषेश भुमिका हुनेभएकाले शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने मुल नाराका साथमा रक्तदान कार्यक्रम गर्न लागिएको उनले बताए रक्तदान कार्यक्रम सफल बनाउन सम्पर्ण स्थानीय, रक्तदाता,जनप्रतिनिधी, कर्मचारी, राजनितिक दलका नेता,विभिन्न संघसंस्था र युवा लगायत सम्पूर्णलाई उपस्थित हुन सो युवा संसदका सभामुख पारस खड्काले आग्रह गरेका थिय।दाङ लगायत देशै भरि अगस्ट!२ मा शिक्षामा रपान्तरण उद्यशीलता र नवप्रवर्तन भन्ने मुल नाराका साथ अन्तराष्टिय युवा दिवस मनाइदै छ।अन्तराष्ट्रिय युवा दिवस नमुना युवा संसद, राष्टिय युवा परिषद युवाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरि मनाउने तयारी भएको युवा संसद सभामुख पारस खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस