सोलुखुम्बुको तिङलाबासीले उपनिर्वाचनमा नसमेटिए आन्दोलन गर्ने चेतावनी

सोलुखुम्बु : सोलुखुम्बुको तिङलाबासीले उपनिर्वाचनमा आफुहरुलाई नसमेटिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । राज्य पुर्नसरचनामा असन्तुष्टि जनाउदै तिनै तहको निर्वाचन बहिस्कार गरेका तिङलाबासीले आगामी मसिंर १४ गते हुने उपनिर्वाचनको सुचिमा तिङला समाबेश नभए पछि आक्रोसित बनेका हुन् ।
पुर्नसरचनामा नेचासल्यान गाउँपालीकामा राखिदा अपायक परेको भन्दै उनीहरुले सघं, प्रदेश र स्थानिय तिनै तहको निर्वाचन बहिस्कार गरेका थिए । तिङलालाई सोलुदुधकुण्ड नगरपालीका ११ कायम गरिएसँँगै स्थानियले निर्वाचनको माग गरेका हुन् । तर आमागी मसिंर १४ मा घोषणा गरेको उपनिर्वाचन हुने सुचीमा तिङला नपरेको हो । तत्कालिन आन्दोलन सर्घष समितीका अध्यक्ष बाल कुमार कार्कीले सोलु एफ एमसगँ कुरागर्दै तिङलालाई उपनिर्वाचनमा नसमेटेर राज्यले तिङलाबासीलाई अन्याय गरेको आरोप लगाउनुभयो । उहाँले जनप्रतिनिधि विहिन तिङलालाई निर्वाचनको माध्यमबाट जनप्रतिनिधि ब्यवस्था नगर्ने हो भने तिङलाबासी जस्तोसुकै मुल्य चुकाउन तयार हुने चेतावनी दिनुभयो ।
एक जना जनप्रतिनिधि नभएको ठाउमा उपनिर्वाचन हुने र जनप्रतिनिधि विहिन तिङलालाई उपनिर्वाचनमा नसमेटिनुले राज्यले विभेद गरेको उहाँको भनाई छ । यस्तै स्थानिय पेम्बा शेर्पाले राज्यले देशका सबै जनतालाई समानरुपमा हेर्नुको सट्टा तिङलालाई बेवास्था गरेको आरोप लगाउनुभयो ।सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस