महेश सिंह सिरहा – श्रावण २५ – प्रदेश २ प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको प्रदेश नं.२ का प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले बताएका छन्। प्रदेश नं-२ का डिआईजी प्रधुम्नकुमार कार्कीका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाईएको छ । प्रदेश २ का आठै जिल्लाबाट एक जना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान जना विभागीय कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।संगठनमा सुद्धिकरण चलीरहने बताउदै चालु आर्थिक वर्षमा मात्र २ सय ५९ जना राम्रो काम गर्ने पुरस्कृत पनि भएका छन् ।प्रदेश २ का विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलयलगायतका ठाउँमा बस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक सुद्धिकरण गरिएको प्रदेश न – २ का डिआईजी कार्कीले बताएका छन।त्यसै गरी राम्रो काम गरेबापत एक वरिष्ठ प्रहरी उपरीक्षक, ५ प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरिक्षक, ६२ प्रहरी हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताएका छ्न।प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धी प्रतिकूल राय दिने जस्ता कारवाही भएको प्रबक्ता महतो ले बताए ।कान्तिपथ