सुनकोशी नदीमा हामफाल्दा एक महिलाको मृत्यु

सुनकोशी नदीमा हामफालेर एक महिलाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला, पाँचखाल नगरपालिका–१० घर भएकी ३४ वर्षिया सरस्वती रायमाझीले सुनकोशीमा हामफाल्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आफ्नो श्रीमान ओमबहादुर रायमाझीसहित माइतीघर रामेछाप जिल्लाको बेथानबाट फर्किँदै गर्दा कुशेश्वर मन्दिर नजिकै सुनकोशीमा हाफफाल्दा वेपत्ता भएकी थिइन् र खोजतलासका क्रममा सुनकोशी गाउँपालिका–६, खहरे दोभानमा मृत अवस्थामा शव फेला परेको थियो ।घटनाको थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस