पत्रकार शालिकराम पुडासैनी प्रकरणसँगै सञ्चारकर्मी रवि लामिछानेका दिनगन्ती सुरु भएका छन् । चर्चा र विवादका पर्याय बनेका लामिछाने पत्रकार पुडासैनी काण्डमा नमजाले फसेका छन् । यो काण्डले लामिछानेबाट पीडितहरूको समुहलाई एकजुट गराउन मद्यत पुगेको छ ।लामिछाने पिडितको संख्या ठूलै छ । पीडितभन्दा पनि लामिछानेका सामाजिक सञ्जालमा फलोअर्स धेरै छन् । जनआस्था साप्ताहिक र त्यसका मालिक एवम् सम्पादक किशोर श्रेष्ठलाईसमेत ठेगान लगाउने हैसियत राख्ने लामिछानेलाई पुडासैनी काण्डले तनाव बनाइदिएको छ । पत्रकार पुडासैनी र लामिछानेबीच आर्थिक लेनदेनको विषयलाई लिएर यो काण्ड भएको चर्चा छ ।त्यति मात्रै होइन एकजना युवतीलाई विवाह गर्न दवाव दिएको आरोप पनि लामिछानेलाई लागेको छ । पुडासैनीको भेटिएको भनिएको भिडियोमा लामिछानेलाई धेरै आक्षेप लगाएको चर्चा छ । लामिछानेकै निर्देशनमा पुडासैनी बारा र पर्सासम्मका मालदार जिल्लाहरूमा पुगेर रिपोर्टिङ गर्ने गरेका थिए । पुडासैनी र लामिछानेकै कारण धेरैले जागिर गुमाउनेदेखि खाइपाइआएको सुविधा छाड्नु परेका छन् । पुडासैनी प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा परीक्षणका लागि पठाएको छ । मोबाइलमा भेटिएको अडियो, भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले पुडासैनीको मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको हो ।डिजिटल ल्याबको रिपोर्टका आधारमा प्रहरीले पत्रकार पुडासैनी प्रकरणको अनुसन्धान गर्नेछ । डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका विभिन्न व्यक्तिसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन हुनेछ । सोही रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान गर्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ । आवश्यक देखिएमा काठमाडौंबाट टेक्निकल टोली चितवन बोलाउन सकिने प्रहरीले जनाएको छ । पुडासैनी प्रकरणमा सञ्चारकर्मी लामिछानेमाथि ज्यानदिनका लागि दुरुत्साहनमा अनुसन्धान हुनेछ ।पुडासैनीको मोबाइलमा फेला परेका भिडियो र अडियोअनुसार लामिछाने अनुसन्धानमा तानिने भएका हुन् । जिल्ला प्रहरी कार्यालयले घटनाको प्रारम्भिक विवरण प्रहरी प्रधान कार्यालयमा पठाएको छ । मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा सञ्चारकर्मी लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ । ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा जबरजस्ती करणी गरेको आरोप लगाउने धम्की दिएपछि आफूले ज्यानफाले पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।सञ्चारकर्मी लामिछानेले आफ्नो कारणले पुडासैनीले नदिएको दावी गरेका छन् । बुधबार फेसबुकमार्फत लामिछानेले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । लामिछानेले पुडासैनीले एक गल्ती गरेको आरोप पनि लगाएका छन् । पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको छ । पुडासैनीको बुधवार बेलुकी अन्त्यष्टि गरिएको छ । भिडियो पाउनुअघि पुडासैनीको ज्यान कसैले लिएको आशंका गरिएको थियो । भिडियो हेरेपछि पुडासैनीलाई ज्यानफाल्नका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरूले शव बुझेर अन्त्यष्टि गरिएको परिवारले जनाएको छ ।पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए । पुडासैनी काण्डसँगै सञ्चारकर्मी लामिछाने र पत्रकार दीपक बोहराका बारेमा छानविन गर्नुपर्ने माग उठेको छ । लामिछाने र बोहराको सम्पत्तिको छानविनको माग पनि सामाजिक सञ्जालमा उठेको छ ।आदर्शका कारा गरेर दुनियालाई धम्काउँदै आएको आरोप लागेका लामिछाने र बोहराको लिभिङ स्ट्याण्डर ह्वात्तै बढेको छ । उनीहरूको सम्पत्ति पनि बढेको छ । उनीहरूको बैंक खातादेखि आय स्रोतको छानविन गर्न माग उठेको हो । पत्रकार बोहराले चढ्दै आएको गाडीका विषयमा पनि सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।पुडासैनी काण्डसँगै पत्रकार बोहराले चितवनको सौराहमा रहेको फरेष्ट रिसोर्ट होटेललाई धम्की दिएको चर्चा पनि हुन थालेको छ । होटेलमा भाईलाई लिएर गएका बोहराले २२ हजार बिल तिर्न अनाकानी गरेका थिए ।?लामिछाने र बोहराको टेलिभिजन कार्यक्रमलाई फरेष्ट रिसोर्टले ठूलो सहयोग गरेको थियो । पछि बोहराले रिसोर्टलाई धम्काएको चर्चा सौराहमा छ । लामिछाने र बोहराका विरूद्व प्रहरीका साथै न्यायिक निकायहरूमा थुप्रै उजरी छन् । तर, उनीहरूविरूद्व कारबाही चलाउन ती निकाय डराउने गरेका छन् ।
थप समाचार
पुडासैनीको मोबाइल डिजिटल ल्याबमा : रिपोर्टका आधारमा रवि र दीपक माथि अनुसन्धान हुने
पत्रकार पुडासैनीको मृत्यु झनै रहस्यमय बन्दै,मृत्युअघि ११ मिनेटको भिडियो रेकर्ड ?
पत्रकार पुडासैनीकाे आत्महत्या बारे जि.प्र.का.चितवनकाे अनुसंधान जारी
माउन्टेन टेलिभिजनका समाचार प्रस्तोता सालिकराम पुडासैनी मृत अवस्थामा भेटिए (कान्तिपथ)