सिन्धुलीमा बाढी पहिरोबाट १० जनाको मृत्यु ७० घरमा पुर्णक्षति

सिन्धुली: यस वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण सिन्धुली जिल्लामा मात्रै १० जनाको मृत्यु भएको छ । सिन्धुलीमा बाढी पहिरोका कारण ७० घर पूर्णरूपमा क्षति हुनुका साथै ६ सय ५ घरमा आंशिक क्षति पुगेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा भएको अन्य भौतिक क्षतिको विवरण संकलनको काम भईरहेको छ । जिल्लाका सबै स्थानिय तहहरुले अहिले खेतवारीमा भएको क्षति, सडकमा भएको क्षति, खानेपानीका मुहानमा भएको क्षति, सिँचाई कुलामा भएको क्षतिको विवरण संकलन गरिरहेको छन् ।सिन्धुलीमा सुनकोशी नदी, कमला नदी, मरिण, चदाँहा, रोशी, बागमती नदी लगाएतका साना ठुला खोलाहरुले बर्षेनी ठुलो मात्रामा धनजनको क्षति गर्ने गरेको छ ।

जिल्लाका स्थानिय तह मध्ये दुधौलीमा कमला नदीले, सुनकोशी, गोलन्जोर र फिक्कलमा सुनकोशी नदी तथा अन्य साना खोलाहरुले बर्षेनी खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । कमलामाई नगरपालिका र मरिण गाउपालिकामा मरिण खोलाले र हरिहरपुरगढी गाउपालिकामा बागमती नदीले वर्षेनी खेतीयोग्य जमिन बगरमा परिणत गर्ने गरेको छ ।सिन्धुली

प्रतिक्रिया दिनुहोस