धादिङबाट आयो दुखद खबर ३ वटा स्काभेटरमा आगजनी

धादिङ: नदी तथा खोलामा मेशिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाईएको भएपनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा बालुवा तस्करहरुले मेसिनको प्रयोग गरिरहेका छन ।खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ ठुलिफाट दरिङाल खोलामा शनिवार बिहान १० वजे तिर दुई जना युवाको ज्यान गएको छ ।मेशिनले वनाएको खाल्डोमा डुवेर दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेको तीनवटा स्काभेटरमा आगजनी गरिदिएका छन ।खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका वडा नम्बर ७ का १९ बर्षका भिम तामाङ र २१ बर्षका सुमन तामाङ शनिवार बिहान १० वजेतिर पौडि खेल्न जाँदा खोलामा डुवेका थिए ।उनिहर संगै पौडी खेल्न गएका अरु दुई जना भने पौडिएर वाहिर निस्कन सफल भएका छन् । खोला गहिरो बनाएर खनेका कारण दुवै जना खाडलमा फसेर ज्यान गएको स्थानीयले वताए ।देख्दा देख्दै दुई जना युवाको अकालमा ज्यान गएपछि आक्रोशित हुन पुगेका गाउँलेले तीनवटा स्काभेटरमा आगजनी गरि क्षती पुर्‍याईदिएका छन ।अबैध दोहनमा संलग्न भएकाहरु माथि कारवाही र खोलामा धराप वनाएर सर्वसाधरणको ज्यान गएको घटनाको छानविन गरि दोषि माथि उचित दण्ड सजायँ र मृतकका आश्रित परिवारलाई क्षतीपुर्तिको माग राख्दै स्थानीयले खोलाबाट शव निकाल्न दिएका छैनन ।स्थानीयले पटक पटक खोलामा मेशिन नलगाउन दवाव दिंदै आएपनि बालुवा तस्करहरुले रातीको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आईरहेको स्थानीयबासीको बताउँछन ।यस अघि दरियाँल खोलामा गैर कानूनी ढंगबाट सञ्चालन गरिएका तीन वटा मेशिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।जिल्ला समन्वय समितिले एउटा मेशिनलाई ५० हजार जरिवाना गरेको भएपनि अरु मेशिन भने स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा जरिवाना नभई छुटेका थिए । लालखबर

प्रतिक्रिया दिनुहोस