सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने रातो पुल नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाईते भएका छन् ।
हेटौँडाबाट वीरगञ्ज आउँदैगरेको ना ४ ख ८२५७ नम्बरको यात्रुबाहक बस ओरालो बाटोमा अन्यिन्त्रीत भएर पल्टिँदा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए । ‘बस अनियन्त्रित भएर भित्तामा ठाकिएपछी सडकमा पल्टिएको हो ।’ पुरीले बारा खबरसँग भने, प्रारम्भीक अनुसन्धानमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको पाईएको छ ।’
घाईतेमध्ये १६ जनाको अवस्था मध्यम रहेको र अन्य सामान्य रहेको पुरीले बताए । उनका अनुसार घाईतेमध्ये केहिको हेटौँडा अस्पताल र अन्यको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।