नेताहरु जुवाडे कार्यकर्ता छुटाउन दौडधुप

ललितपुर- गत बुधवार ललितपुरबाट नगद सहिद पक्राउ परेका १२ जना जुवाडे छुटाउन सत्तारुढ दलकै प्रदेश सांसदले दबाब दिएपनि प्रहरीले थप अनुसन्धानको लागि म्याद थप गरेको जनाएको छ ।ललितपुर महानगरपालिका वडा नं. २३ स्थित डाउन टाउन अपार्टमेन्टबाट गत बुधबार पक्राउ गरेका १२ जुवाडेको अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेर उनीहरु पटके हो होइन अनुसन्धान भइरहेको महानगरीय प्रहरी वित्त सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।गत बुधबार बेलुका करिब ८ः३० बजे ललितपुर महानगरपालिका वडा नं २३ स्थित डाउन टाउन अपार्टमेन्टको १० औं तल्लाको ५१० ब्लकबाट जुवा अखडा बनाई जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी मिश्रको टोलीले १२ जनालाई ८ लाख ८ लाख ४० हजार रुपैयाँ नगदसहित प्रकाउ गरेको थियो ।तर पक्राउ परेका छुटाउन विभिन्न राजनीतिक दलका नेता सांसदहरुले दबाब दिए पनि जुवाडेहरुको सबै पृष्ठभुमि, गतिविधि अनुसन्धान गर्न म्याद थप गरेको उनले बताए । डिएसपी गौतमले दबाब दिने सांसदको नाम भने लिएनन् ।गत असार २३ गते पनि ललितपुरको गोदावरी क्षेत्रमा रहेको वृन्द्राबन सिसोर्टमा जुवा खेलिरहेका डिएसपी मिश्रको टोलीले ७ जनालाई ११ लाख नगदसहित प्रकाउ गरेको थियो । जनबोली

प्रतिक्रिया दिनुहोस