सिंहदरबार बृतको हिरासतबाट २ अभियुक्त फरार

काठमाडौं । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा भागेका छन् ।फरार हुनेमा एक जना मदन तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ। अर्का एक जनाको भने परिचय खुलाइएको छैन।महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको पुष्टि गर्दै खोजतलास जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस