उप निर्वाचनमा सत्तारुढ दल नेकपाबाट बिमला वली उठ्ने चर्चा

दाङ :-  दाङको निर्वाचन क्षेत्र नंं. ३(ख) मा हुने उप निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट बिमला वली उठ्ने चर्चा छ । उनि स्वर्गीय उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । पार्टीका केहि नेताहरुले उमेद्वारको पहिलो सूचिमा वलीको नाम अघि सारेपछि उनको चर्चा हुन थालेको हो । सवारी दुर्घटनामपरी गम्भिर घाइते भएका प्रदेश सांसद उत्तरकुमार वलीको गएको फागुन १० गते निधन भएपछि त्यो क्षेत्र अहिले रिक्त छ ।
सरकारले मंसिर १४ गते उपनिर्वाचन घोषणा गरेसंगै नेपाल कम्युनिष्ट पार्टीभित्र पश्चिम दाङमा कसलाई उमेद्वार बनाउने भन्ने विषयले प्राथामिकता पाउन थालेको हो ।
‘पहिलो उमेदवार बिमला नै हुन,’ दाङ क्षेत्र नं ३ (ख) पार्टी संयोजक चुर्णबहादुर वलीले भने– ‘यदि उनले नमाने शोभाराम बस्नेतको पालो आउछ ।’
कतिपय नेताहरुले भने व्यक्तिले बोलेको कुरालाई आधिकारीक मान्न नसकिने बताएका छन् । ‘पार्टीले ठिक समयमा उपयुक्त नेतालाई उमेदवार बनाउछ,’ नेता हुकुम बस्नेतले भने–‘ पार्टीको आधिकारीक धाराणा नआउदै भन्नु अलि हतार हुन्छ ।’ अन्य नेताले भने वलीलाई रोजगारीको ग्यारेन्टी र छोराहरुको शिक्षामा जोड दिनुपर्ने बताउदै आएका छन् ।

‘पति वियोगमा भएको बेला निर्वाचनमा ल्याएर उहाँलाई सक्नु भन्दा उहाँको लाइफ कसरी सेटल गर्न सकिन्छ भन्ने कुरा पार्टीले सोच्नु पर्छ ’ एक नेताले भने ।

यता बिमला वलीले भने पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बताइन । श्रीमान पार्टीको काममा लाग्दा आफुले घर समाहलेर बसेको भन्दै वलीले उहाँको निधन पछि बाँकी अधुरा सपना पुरा गर्ने जिम्मेवारी आफुमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस