त्रिशूली नदिमा बस दुर्घटना अपडेटःमृत्यु हुनेको संख्या ९ पुग्यो,१७ जना घाईते २० अझै बेपत्ता विवरण सहित

सर्लाहीबाट काठमाण्डौँ आउदैँ गरेको बस त्रिशुली नदिमा खस्दा ज्यान गुमाउनेकाे संख्या ९ पुगेकाे छ भने १७ जान घाईते भएका छन् ।धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नं.३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौतर्फ जादैँ गरेको ना ६ ख ७४६९ नं.को न्यू सृष्टि डिलक्स बस शुक्रबार बिहान करिव ३ः३० बजे सडकबाट करीव २०० मिटर तल त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिनुभयो । दुर्घटनामा २० यात्रु हराई रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सर्लाहीका अजय दास, बिजय कुर्मि, बिनोद प्रसाद उप्रेति, सुनिल कुमार श्रीवास्तव,निमा श्रीवास्वत र बाँकिको सनाखत हुननसकेको बैदवारले जानकारी दिनुभयो ।१६ जना घाईतेहरुलाई उद्दार गरी उपचारार्थको लागि अस्पताल पठाईएको र अन्य हराई रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा हराईरहेका अन्य व्यक्तिहरुको खोजतलासलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल विपद व्यवस्थापन गण कुरीनटारका गोताखोरको टोली खटिएको छ । बसमा सर्लाही मलङवाबाट ४०जना, हरिपुरबाट २ जना गरी ४२ जनाको चलानि काटी प्यासेन्जर बोकेर हिँडेको थियो । बसमा चालक, सहचालक र कन्डेक्टर गरी जम्मा ४५ जना सवार रहेको भन्ने बुझिएको अधिकारीले जानकारी दिनुभयो ।
घाईते तथा मृतक निम्नानुसार रहेका छन् ।
गजुरी अस्पताल धादिङमा उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु
१) सर्लाही गमहरिया न.पा वडा नं.८ का ३६ बर्षीय दिनेश ठाकुर
२) सर्लाही हरिपुर ७ का ३४ बर्षीय भोगेन्द्र चौधरी
३) सर्लाही औरही गा.पा ७ का १५ सर्लाही राहुल महत्तो मध्यम
४) सर्लाही हरिपुर न.पा ९ का अमृत लामा
५) सर्लाही कबिलासी लाठी न.पा ६ का ३१ बर्षीय भुपेन्द्र कुमार यादव
६) सर्लाही कबिलासी गा.पा ४ का ३३ बर्षीय बिजय राय यादव
७) भारत बिहार सितामणी पनौलीथाना ४ का ४२ बर्षीय भिरेन्द्र ठाकुर
काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भैरहेको घाईतेहरु
१. भारत सितामणी घर हुने करीब बर्ष ४० का धिरेन्द्र ठाकुर, अबस्था बोल्न सक्ने
२. सर्लाही कबिलास न.पा. ४ का करीब ं बर्ष ३२ का बिजय यादव,अबस्था बोल्न सक्ने
३. सर्लाही हरिपुर गा.पा. ४ बस्ने करीब २८ बर्र्षीय प्रमोद कुंवर, सह–चालक बोल्न सक्ने
४.सर्लाही मलंगवा न.पा. का १६ बर्षीय सिकिन्द्र कुमार महतो, अबस्था बोल्न सक्ने
५.सर्लाही बिष्णु गा.पा. ५ का २१ बर्र्षीय कुश रन्जम महतो, अबस्था बोल्न सक्ने
६.सर्लाही ब्रहमपुरी का १६ बर्षीय स्वेता रौनियार, अबस्था बोल्न सक्ने
७. सर्लाही हरिपुर का बस चालक बर्ष ४० का जिवन बि.क., टाउकोमा चोट अबस्था गम्भिर ।
८.सर्लाही ब्रहमपुरी ६ का बर्ष २२ का राकेश बैठा अबस्था बोल्न सक्ने

प्रतिक्रिया दिनुहोस