तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र ६/७ वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन ।नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।