सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् ।सोलुदुधकुण्ड नगरपालीका ३ लोदिङका ३५ बर्षीय माया शेर्पा घाइते भएका हुन् ।शुक्रबार राती साढे ८ बजेको समयमा मकै हेरालुका रुपमा गोठमा रहेका शेर्पालाई भालुले आक्रमण गरेको हो ।उनको अनुहार घाटी लगायतको भागमा गहिरो चोट लागेको स्थानीयले बताएको छ ।
भालुले आक्रमण गरे पश्चात राति नै जिल्ला अस्पताल फाप्लु ल्याईएपनि उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुगां रिफर गरिएको वडा नं ३ अध्यक्ष गोपाल मगरले जानकारी दिनुभयो ।घाइते लाई वडाले उपचारका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष मगरले बताउनुभयो ।