नेकपा विप्लवका २ जना कार्यकर्ता पक्राउ

नेकपा नेत्रविक्रम चन्द सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएकोे बाताइएको छ ।पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कान्तिपथ

प्रतिक्रिया दिनुहोस