रामेछापका मगर ९ लाख मूल्य बराबरको सुनसहित पक्राउ

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट करिब ९ लाख मूल्य बराबरको सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भुपेन्द्र मगर छन् । अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले भुपेन्द्रलाई १ सय ५० ग्राम सुनको बालासहित नियन्त्रणमा लिएको हो ।भुपेन्द्रले वैदेशिक रोजगारीबाट आएका नेपालीबाट अवैध रुपमा ल्याइएको सुन संकलन गरेर लैजान लागेका थिए । तस्करहरुले अहिले सानो सानो मात्रामा सुन तस्करी गर्न वैदेशिक रोजगारीबाट घर फर्किने नेपालीको प्रयोग गर्ने गरेका छन् ।
भुपेन्द्र पनि तस्करहरुको समूहसँग संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका भुपेन्द्रलाई सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस