जनपत्रकार संगठनकी केन्द्रीय कोषाध्यक्ष पत्रकार जानकी चौधरी सहभागी कार्यक्रममा दाङमा प्रहरी हस्तक्षेप

जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष पत्रकार जानकी चौधरी सहभागी कार्यक्रममा दाङमा प्रहरी हस्तक्षेप – जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरी सहभागी कार्यक्रममा दाङमा प्रहरीले हस्तक्षेप गरेको छ ।नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यलयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा हस्तक्षेप गरेको हो ।पत्रकार चौधरीलाई नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यलय बाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर पत्रकार महासंघको कार्यलयमा राखेको बुझिएको छ । महासंघको प्रदेश स्तरिय गोष्ठीमा सहभागी हुने दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल,सचिव उदय जियम लगायत केन्द्रीय पदाधिकारी सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नुले सञ्चारजगत प्रति सरकारी रबैयाको संकेत देखिएको छ ।पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि कार्यक्रम सहभागी सबै पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो । तत्काल पत्रकार चौधरीलाई नियन्त्रणमा लिन असफल भएको प्रहरीले अहिले पत्रकार महासंघको दाङको गेट बाहिर शिविल प्रहरी परिचालन गरि नियन्त्रणमा लिने कोसिस गरेको बुझिएको छ ।यसैगरी जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संगठनका केन्द्रीय कोषाध्यक्ष चौधरीलाई गरेको हस्तक्षेप र नियन्त्रण प्रयास प्रति खेद प्रकट गरेका छन् ।पत्रकार महासंघको कार्यक्रममा सहभागी हुने पुगेकि संगठनका कोषाध्यक्षलाई प्रहरीले हस्तक्षेप गरि प्रेस स्वतन्त्रता माथि हमाला गरेको बताए । सरकारले विचार र आस्थाका आधारमा पत्रकारलाई धरपकड र गिरफ्तार गरेको प्रति कडा आक्रोस प्रकट गर्दै प्रेस विरोधी हर्कत तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।कान्तिपथ

प्रतिक्रिया दिनुहोस