पर्यटन मन्त्री भट्टराईलाई प्रबास बाट खतिवडा योगेन्द्रको सुझाव

काठमाडौं :-   कमरेड योगेस संग्रामी अभिबादन ,
देसको बर्तमान परिस्थिमा तपाँइले मन्त्रीहुन हतार गर्नुभयो यो साचो थियो !
देसमा दुस्कर्म , लोभिपापी र ब्यभिचारिहरुले यो अत्याचार मच्चाएको बेला जनतालाइ भुली त्यही रछ्यान्लाइ सघाउन पुग्नुभयो बधाइ दिनै पर्दछ !
हो निश्चय पनि मैले पनि यो सरकार बनाउन आफ्नो योग्यता र क्षमताले भ्याएसम्म सहयोग गरेकै हुँ , यो सहयोग को आज ठूलो खिल्ली उडाइएको छ । देस झन्झन भड्खालोमा जाकिदै छ , २०६२ अगाडिको देसको कुल बजेट बराबर आज अहिले देसको बेरुजुमात्र त्यो बराबरको भएको प्रस्ट आँकडा म सामान्यनागरिक्लाइ जानकारी छ ।

कमरेड योगेस देसमा भएका चरम बेथिती भ्रष्टाचार कैले अन्त्यहुन्छ ? कैले सिस्टम्को सुरुवात हुन्छ , कैले ३३ केजि सुन , वाइडबडी कान्ड , निर्मला बलात्कार पछि हत्याको निस्पक्ष छान्बिन हुन्छ ?? यस्ता हजारौं कुरुप योजनाहरु को चाँङ जनतालाइ दिएर तपाँई आज फेरि बिदेस बस्ने युबा युबतिलाइ पर्यटक पठाउ भन्दै हुनुहुन्छ , ती बिचरा डिउटी गै ५५° को घाम्मा आफ्नो परिवार्को गाँसबासको जोहो तिर लागुन वा डिउटी नै हापेर पर्यटक खोज्न कमरेड ?
२०४६ साल पुर्ब देसमा कति कल्कारखाना थिए ?? त्यँहा पश्चिमबंगाल देखि युरोप सम्मका श्रमिकरुको रोज्गारी थियो ती दर्जनौ संख्याका उध्योग कस्ले बेचेर खायो कमरेड ??
सगरमाथाको सिर , भृकुटी सीता र जानकी जस्ता अमरत्व प्राप्त नारिको त्यो प्रताप भुमी आज किन पाखन्डी भुमिमा रुपान्तरण भयो कमरेड ?
महाभारतका दुर्योधन , अयोध्याका राम र अंशुबर्मालाइ अब एकै तराजुले जोखेर बिरासत बिर्सी कता पुगिएला कमरेड ??
रिशी मुनिहरुको देस , संस्कृत बांङ्मयको उद्गम्स्थल र बिस्वमै नभएका पबित्र धार्मिक पर्यटकिय स्थल आज कस्ले ओझेल पारिदियो कमरेड ??
कमरेड योगेस आज तपाँइले हामिले सरकारलाइ फेसबुक्मा गाली गरेको देख्नु भएछ ठिकै छ , माथी उल्लेखित यस्ता घटना अरु पस्कन चाहन्न किनकी तपाँई आफै राजनितिको अद्येता हो तर यी बिसयहरु प्रती केही अगाडि सम्म तपाइनै देस गलत बाटोमा छ , सरकारले जनचाहना अनुरुप काम गर्न सकेन भन्दै हुनुहुन्थ्यो आज मन्त्री भएपछी कसरी एकाएक जनताले मात्र सरकारलाइ गाली गरेको देख्नुभयो कमरेड ??
कमरेड
तपाँइले वाइडबडिको भ्रस्टाचार मा मुसिएका सबै भ्रस्टलाइ जेल कैले हाल्नुहुन्छ कमरेड जो आज तपाँइको काधमा जिम्मेवारी आएको छ , केहिदिन अगाडि मैले यसरिनै लेखेको थिए कि वाइडबडिको भ्रस्टाचारिलाइ कार्बाही गरे म योगेसको साचै फेन हुनेछु भनेर ! तर तपाँई त्यो भन्दा पैला त Rnac लाई कसरी सबल बनाउने समिती गठन तर्फ लाग्नुभएछ , यो नि ठिकै मानौला तर कमरेड मलाइ भनिदिनोस त के सुर्ती र जाँडले सकेको कलेजो वा फोक्सो को उपचार नगरी त्यही सरिरलाइ भिटामिन A/ B/ C/ D/D12 भए भर्का सबै भिटामिन खुवाए पनि त्यो रोगी शरीर तंग्रन्छ र ?? कि पैला रोग निको पार्न औषधि खुवाउनु पर्दछ कमरेड !!?
त्यसैले कमरेड तपाँइले हामिलाइ गाली गर्न छोडेर पर्यटक पठाउ भन्नू पुर्ब म के गर्दै छु र मेरो सरकार के गर्दै छ भनेर सोच्न पर्दछ कि नाइ ??
कमरेड देसमा लोकतन्त्र आएको भनिन्छ दुई तिहाइको सरकार पनि छ तर त्यही सरकार र त्यही दलका सिर्श नेता आफुखुसी विश्व भ्रमणमा गएर देसको ढुकुटी बर्बाद गर्दा तपाँई चुँइक्क बोल्न नसक्ने?
अनि बिदेस बसेर सरकार्को स्वस्थ आलोचना गर्ने नागरिक्लाइ गाली गरेउ भन्ने ? यो कति जायज छ कमरेड ? हिजो संयुत्त अरब इमिरेट्स मा आएर रातको बिसौं लाख उडाउने प्रचन्डले कति पर्ययक भित्र्याउने प्रतिबद्धता गरेका छन कमरेड ?? कैलेई सोध्नु भयो ?? यति भनी रहदा हाम्न्रो बोली गाली लाग्ने तपाँइलाइ उन्ले उडाएको राज्यको ढुकुटिको करोडौं क्यास किन प्यारो नलागेको कमरेड ?

कमरेडनिस्चयपनी रहर देसबै बस्ने छ , देसमै गर्ने छ र देसमै मर्ने छ तर कमरेड माथी मैले उल्लेख गरि सके ०४६ शाल अगाडि नबिदेसिएको युबा आज ३०/३१ बर्सको अन्तर्मा ८० लाख बढी युबा युवती कस्ले खाडी पुर्यायो कमरेड ?? यी प्रस्नको चित्त बुझ्दो गरि उचित जवाफ म र म जस्ता युबालाइ कैले दिने ?? कमरेड तपाँइको यो महान कार्यमा हामिले खाडिबाट गाली मात्र गरेछौ त्यो चै मन्त्री भए पश्चात् देख्न थाल्नु भएछ पैलात देख्नु भएको थिएन त ? तर तिनै गालिकर्ताले पठाएको रेमिटेन्स ले थेगेर मुस्किल्ले बाँचिरहेको छ मेरो देस भनेर किन बिर्सनुभयो कमरेड ?/ यतिमात्र हैन तिनै गाली कर्ता मध्धे कति युबा युबतिलाइ खाडिबाट निकाली २०२० को पर्यटन बर्स सफलपार्न कति जनसक्ती परिचालित गर्नुभएको छ कमरेड ?? यदि जवाफ पाए र जिम्मेवारी पाए हाँसिहासी देस बनाउन ती ८० लाख नौजवान नफर्किएलान र कमरेड ?/
अन्त्यमा
कमरेड मैले यो आलेख रहर्ले हैन तपाँइको जिग्यासाले घचघच्याएर , तपाँइको सम्बोधन्ले रात्भर निन्द्र नलागेर तयार पारेको हुँ । तपाँइको नेतृत्वमा हुन लागेको नेपाल भ्रमण बर्स २०२० को पुर्ण सफलताको कामना गर्दै उक्त बर्स मा आगन्तुक पाहुनाले देस खचाखच भै तिन्ले गरेको खर्चले यो देसको यो ब्यबस्था जुग जुग टिकोस सुभकामना छ कमरेड ।

प्रतिक्रिया दिनुहोस