सर्पको टोकाई बाट २ जना बालिकाको ज्यान गयो

सर्पको टोकाईबाट २ बालिकाको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका २ छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी अन्दाजी ११ बर्षीय करिष्मा सार्की र ८ बर्षीय सुजु सार्कीको उपचारको क्रममा मृत्यु भएको हो।उनीहरूको भारतमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अमृत खड्काले जानकारी दिए। भौगोलिक बिकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उनीहरूको मृत्यु भएको हो।सञ्चारको पनि सहज पहुँच नहुँदा पनि यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन्। लमहीमा सर्पदंश उपचार केन्द्र भएपनि राजपुरबाटा टाढा पर्ने भएकाले पनि सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको स्थानीय खड्काले बताए।
मृतक करिष्मा स्थानीय शिबशक्ति माबिमा कक्षा ७ मा र सुजुले सोही विद्यालयमा कक्षा ५ मा पढ्दै आएकी थिईन्।गएको बर्ष मात्रै पनि सर्पको टोकाईबाट सोही बिद्यालयमा अध्यनरत कक्षा ९ मा अध्ययनरत एक छात्राको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस