तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको फारम खुल्ला, कसरी भर्ने ?

काठमाडौँ-तपाई गीत/संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईका लागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड २०७६ आयोजना गरिने भएको छ ।

‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित आयोजना हुन लागेकाे यस अर्वाडमा ५८ वटा विधा रहनेछन् । जसमा सहभागिता जनाउन चाहनेहरुका लागि फारम खुला गरिएकाे छ । देश-विदेश जहाँबाट पनि फारम भर्न सकिने आयाेजकले जनाएकाे छ ।

फारम भर्न चाहनेले केही शर्तहरू भने पालना गर्नुपर्ने आेएस नेपालले जनाएकाे छ । अवार्डमा भाग लिनका लागि २०७५ जेठ २१ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ । अवार्डबारे अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ । तामाङ्ग र सुनुवार भाषाका गीतहरू २०७४ जेठ १ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत र भिडियो भए पनि मान्य हुनेछ । गायक र गायिकाको हकमा म्यूजिक भिडियो नआएकाे भए पनि अडियोको हकमा सहभागी हुन सक्नेछन् ।

अवार्डमा प्रतिस्पर्धाका लागि फारम भर्न ओएस नेपालको कार्यालयमा उपस्थित भएर वा ९८४९२८११८८ नम्बरमा सम्पर्क गरेर पनि भर्न सकिने जनाइएकाे छ ।

ओएस नेपाल म्युजिक अवार्ड- २०७६ मा ‘हिमालयन फाउण्डेसन क्रप, न्यूयोर्क क्यालिफोर्निया अमेरिका’ तथा ‘गोल्डेन स्टेट मुभी मेकर, क्यालिफोर्निया अमेरिका’ ले प्रयाजोन गरेको छ ।

प्रतिक्रिया दिनुहोस