काठमाडौं : काठमाडौंको स्वयम्भूमा गोली चलेको छ । विभिन्न व्यक्तिलाई धम्क्याएर ठूलो रकम माग गर्ने समूहलाई समात्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली चलाएको हो। प्रहरीको गोली लागेर लोप्साङ भनिने निलम लामा घाइते भएका छन्। उनको घुँडामा गोली लागेको छ। निलमसँगै अमृत तामाङ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेका लामालाई पक्राउ प्रहरी पुगेको थियो । पक्राउ गर्न पुगेको प्रहरीमाथि जाईलागेपछि गोली प्रहार गरिएको हो। उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको डीआईजी थापाले जानकारी दिए ।
अन्नपूर्ण