प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटी’ले सप्तरीमा सञ्चालन गरेको परीक्षामा चिट चोरेको आरोपमा ३२ जना परीक्षार्थीलाइ निस्काशित गरेको ।खुलेआम चिट चोर्नेको भनदै २ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरु निस्काशित भएका हुन् ।राजदेवी परीक्षा केन्द्रबाट २५ जना र पबि मावि परीक्षा केन्द्रबाट ८ जना निस्काशित भएको सीटीईभीटीले जनाएको छ ।चिट चोर्न सहयोग गरेको आशंकामा दुई सीटीईभीटीका सुपरभाइजर पनि निस्काशित भएका छन् ।निस्काशित हुनेमा लक्ष्मण मेहता र सञ्जय यादव रहेका छन् ।