गुठीको ५५५ बिघा जग्गा व्यक्तिका नाममा

काठमाडौं:- सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो।

जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा एक सय ५० व्यक्तिका नाममा दर्ता भएको छ। भीमेश्वर राजगुठीको चार सय १८ बिघा ४६ जनाको नाममा, भीमेश्वरकै सदाबर्त जलकन्या गुठीको ९ जनाका नाममा र कुशेश्वर महादेव गुठीको ५८ बिघा ७६ जनाका नाममा दर्ता भएको छ।

मालपोत अधिकृत तारा नेपालीका अनुसार २०३७ सालअघि सबै जग्गा धार्मिक संस्थाका नाममा खोलिएको गुठीकै नाममा दर्ता भए पनि मोही परिवर्तन हुँदा व्यक्तिका नाममा पास हुँदै आएको हो।

प्रतिक्रिया दिनुहोस