प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार नेपाल फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ ।यसैगरी सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधानसहित सरकारले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी अधिकृत,प्राधिकरणले तोकेको अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले उक्त जरिवानागर्न सक्ने प्रावधान विधेयकमा छ ।यात्रुसँग अमर्यादित व्यवहार र भाषा प्रयोग गर्नेलाई समेत हजारदेखि ५ हजारसम्म जरिवाना प्रस्ताव गरिएको छ । नभएको सुविधा माग्नेलाई पनि जरिवाना हुनेछ । प्राधिकरणले यातायातसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, एकीकृत यातायात प्रणाली विकास गर्ने,सूचना प्रविधि जडान गरी नगदविहीन विद्युतीय भाडा प्रणाली विकास र कार्यान्वयन गर्ने काम गर्ने छ।प्राधिकरणको सम्पूर्ण कामकारबाही सञ्चालन,रेखदेख र व्यवस्थापनका लागि १५ सदस्यीय ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद्’हुनेछ । यसको नेतृत्व काठमाडौं महानगर प्रमुखले गर्नेछन् । साथै, परिषद् उपाध्यक्षमा ललितपुर महानगरका प्रमुख र सदस्यमा भक्तपुर नगर प्रमुखलगायत विभिन्न ट्राफिक प्रहरी,उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।