नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय भवन निर्माणको रकम हिना मिना गरेको भन्दै लेखापाल र इन्जिनियर सहित ११ जना प्रकाउ

अख्तियारद दूरुपयोग अनुसन्धान आयोगले श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको भवन निर्माणको क्रममा रकम हिना मिना गरेको भन्दै स्थानिय बिकास अधिकारी सहित लेखापाल र इन्जिनियरलाई प्रकाउ गरेको छ ।साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल समेत ११ जनालाइ मुद्घा दर्ता समेत गरेको छ ।साविक काप्रेचौर गा.वि.स. वडा नं. ७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले जिल्ला विकास समितिको कार्यालय, सल्यानबाट र काप्रेचौर गा.वि.स.बाट प्राप्त रकम भवन निर्माण नगरी हिनामिना गरेको पक्राउ गरेको हो ।साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल, लेखा अधिकृत राम कुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब(इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी., काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. लगायतलाई पक्राउ गरेको हो ।स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले रु.५,२२,५००।( को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको र गा.वि.स. का तत्कालीन सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले रु.४,००,०००।( को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले उनिहरुलाई जनही रु.४,६४,१६१।२५ को बिगो सहित ऐनको दफा ८ (१) बमोजिम सजाय हुने बताईएको छ ।इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब(इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी भएकोले सब(इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.लाई जनही रु.८,४७,०००।( को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन हुने छ । इन्जिनियर गज्जुबाबु श्रेष्ठको निधन भइसकेकोले निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम बिगो असुल हुने बताएको छ ।गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्रीले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी भएकोले उनिहरुलाई जनही रु.३,५५,३३८।७५को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुने छ ।उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरीभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले उनिहरुलाई जनही रु.८,४७,०००।( को बिगो कायम गरी दफा ८ (४) बमोजिम सजाय हुने प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो । उतm माग दावी लिई उपरोक्त ११ जना प्रतिवादीहरुलाई आज बिशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस