काठमाडौँ – नम्रता श्रेष्ठको चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा नम्रता मिक्स मार्सल आर्ट खेलाडिको भूमिकामा देखाइएको छ। ट्रेलरमा एक महिलाले लिएको प्रतिशोधको कथा देख्न सकिन्छ।
चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, नव कलाकार श्रृजना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारलाई देख्न सकिन्छ।
नम्रताले यो चलचित्रका लागि कपाल काटेकी थिइन् भने तौल पनि घटाएकी थिइन्। उनले चलचित्रको लागि ६ महिना तालिम लिएकी थिइन्।
आशुतोष राज श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा उनको र निरोज महर्जनको पटकथा रहेको छ।