‘रातो टिका निधारमा’ को ‘मेरो माया के हो’ बोलको गीत सार्वजनिक

काठमाडौं- फिल्म ‘रातो टिका निधारमा’ को ‘मेरो माया के हो’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मको गीत बिहिबार सार्वजनिक गरेको हो ।

फिल्मको गीतमा अभिनेत्री साम्राज्ञी राज्यक्ष्मी शाह र नव अभिनेता अकिंत शर्माको फिचर्ड छन् । अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् । गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका छन् भने किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

फिल्ममा साम्राज्ञी, अकिंत र बुद्धि तामाङको साथमा रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस