गायक डिल्लीराज डाँगीको “भाले म¥यो पोथीलाई पिर प¥यो”ले चर्चा बटुल्दै

काठामाण्डौ– हिन्दु नेपाली महिलाहरुको पर्व तिजलाई लक्षित गरेर अहिले तिजका गितहरु दिन प्रतिदिन बजारमा आईरहेका छन् । वर्ष दिनमा आउने यो पर्वलाई भव्य बनाउनका लागी कलाकार आफुहरुले पनि सके जति गितमा मसला मिसाउनलाई हर प्रयासहरु गरिरहेका हुन्छन् ।

अहिलेको यो परिवेशलाई हेर्ने हो भने गितलाई कसरी ट्रेन्डीङमा ल्याउने भनेर, चल्तीका गायक,गायीका देखि स्थापित मोडलहरुलाई राख्ने गरिन्छ । यो पनि बुझाई छ कि यदि गित ट्रेन्डीङमा प¥यो भने हिट भनेर । तर अहिले पछिल्लो समयलाई हेर्ने हो भने तिज गितको नाममा तिजको रौनकता नै नभएका गितहरु आउने गरेको पाईन्छ ।

वर्ष भरि गरिएका काम,काजलाई भुलेर एकदिन माईतीको आगनीमा दिल खोलेर हास्ने अनि नाच्ने पर्व हो, तिज । यसै अनुरुप गायक डिल्लीराजले सम्पूर्ण हिन्दु नेपाली दिदीबहिनीहरु छमछमी नचाउने उद्देश्यले निकै उत्कृष्ट तिजको भाका “भाले म¥यो पोथीलाई पिर प¥यो” बजारमा ल्याएका छन् । निकै लामो समय मिहेनत गरेर आफूले यस गितलाई बजारमा ल्याएको उनी बताउछन् ।

गायक डाँगीले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएका छन् । यो गितले सम्पूर्णको मन जित्ने कुरामा पनि ढुक्क रहेको उनि बताउछन् । गितमा उनिसँगै अहिले लोकदोहेरीमा अत्यन्तै चर्चा कमाउन सफल गायिका टिका सानुको स्वर सुन्न सकिन्छ । शव्द गायक डाँगी र निम खड्का को रहेको छ भने संगीत गायक स्वयं आफैले गरेका छन् ।

भिडियोमा चर्चित मोडल रिना थापा सँगै प्रदिप वली र प्रतीभा वलीको नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस