सोनाशक्ति चामल प्लास्टिकको भएको पुष्टि: विक्रिमा रोक

काठमान्डौ- भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।त्यस ब्राण्डको चामल प्रयोग गरेका केही उपभोक्ताले चामल प्लास्टिकको भएको गुनासो गरेपछि तत्कालका लागि बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।गोरखा नगरपालिका वडा नम्बर ६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि शंका लागेर उपभोक्ता हित संरक्षण मञ्चलाई खबर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस