तुलसीपुर उपमहानगरपालिकामा नेपाल बिधुत प्राधिकरणको मिटर बक्स निशुल्क बितरण

तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का ३० विपन्न परिवारलाई निशुल्क रुपमा विद्युतको मिटर बक्स वितरण गरिएको छ । तुलसीपुर विद्युत प्राधिकरणमा बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि निशुल्क रुपमा मिटर बक्स वितरण गरिएको हो । कार्यक्रम प्राधिकरणका प्रमुख दिपक जंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आथित्यमा भएको हो ।कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष वलीले विद्युत विपन्न परिवारलाई रुपमा निशुल्क मिटर बक्स वितरण गरेर विद्युत कार्यालयले स्थानीय सरकारको चिन्ता दुर गरिदिएको बताए । ‘यो अभियानले गरिवका झुपडी सम्म उज्यालो पुर्याउने स्थानीय सरकारको सपना सार्थक हुने छ,’ वडा अध्यक्ष वलीले भने । वडा सदस्य घनश्याम गौतम र सुवाश डिसीले गरिवले संधै आसपासका धनि मानिसको घरको उज्यालो हेरेर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने बताए ।विद्युत प्राधिकरणका प्रमुख चौधरीले उज्यालो नेपाल कार्यक्रम अन्तरगत सबैको गरिवको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रिय योजना अनुसार मिटर बक्स निशुल्क वितरण गरिएको जानकारी दिए । यो अभियानले विद्युत चोरी अभियानको अन्त्य हुने उनले आशा व्यक्त गरे । वडा कार्यालयले गरेको सिफारिसका आधारमा विद्युत प्राधिकरणले निशुल्क मिटर बक्स वितरण गरेको प्रमुख चौधरीले जानकारी दिुनु भयो।

प्रतिक्रिया दिनुहोस