सिन्धुपाल्चोक चौतरामा पहिरोका करण २६ घर जोखिम

सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढि नगरपालिका ३ खालेको हिप्लु टोलमा वर्षासँगै आएको पहिरोले दुई घर बगाएको छ । स्थानीय ठुले तामाङको घर जग नै नरहनेगरी पहिरोमा बगेको छ भने उनकै आमा सेतिमाईको घरको जस्तापाता मात्र भेटिनेगरी पहिरोमा परेको हो ।वर्षाका कारण माम्साङ टोलका २६ घर पहिरोको उच्च जोखिममा परेका छन् । ठुलो पानी परे गाउँ नै बग्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । अविरल वर्षाका कारण पहिरो जाँदा त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा नौ घर विस्थापित भएका छन् ।वर्षाले धुस्कुनको फागु, चित्रेपाटी, फापरचौरलगायतका बस्ती जोखिममा परेको भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । वर्षाको कारणले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ सिमासिंहमा पहिरो जाँदा पुलमा क्षती पुगेको छ । पुल नहुँदा स्थानीय तथा स्कुले बालबालिका समस्यामा परेको स्थानिय निर वहदुर तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस