सशस्त्र प्रहरिले विप्लव समूहको गतिविधि राेक्न ७७ वटै जिल्लामा तयार रहन महानिरीक्षकको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी बल मुख्यालयले देशभर रहेका सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती आउन सक्ने भन्दै परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बुधबार बाहिनीपतिहरूलाई सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। नेत्रविक्रम चन्दले नेतृत्व गरेको प्रतिबन्धित नेकपा (विप्लव समूह) को गतिविधि बढिरहेका बेला सशस्त्र प्रहरी महानिरीक्षक खनालको यस्तो निर्देशन आएको हो। उनले यसअघि गणपति र गुल्मपतिहरूलाई पनि निर्देशन दिएका थिए।मैले तल्लो तहमा सुरक्षाका गम्भीर विषयहरू भनेको छु। जस्ताी निकासी नियन्त्रण, आर्थिक अनुशासनमा पारदर्शिता, मुलुक र संगठनको हितमा काम गर्नु भनें तर आज तपाईंहरू (बाहिनीपति) मार्फत भन्दै छु, त्यसदेखि बाहेक जुनसुकै बेला सुरक्षा चुनौती आउने सम्भावना बढेको छ, मातहत निकायलाई त्यसैअनुसार तयारी राख्नुस्,’ महानिरीक्षक खनालले भने आइजिपीसाबले बाहिनीपतिहरूलाई समसामयिक सुरक्षा चुनौतीबारे निर्देशन दिनुभएको छ। उहाँले गृह मन्त्रालयको निर्देशन सुनाउनुभयो, सँगसँगै समसामयिक सुरक्षा अवस्थाबारे पनि निर्देशन दिनुभयो,’ सशस्त्रका प्रवक्ता सुरज श्रेष्ठले भने। सो निर्देशन प्रतिबन्धित विप्लव समूहप्रति लक्षित हो कि होइन भन्ने नागरिकको प्रश्नमा श्रेष्ठले भने, ‘समसामयिक सुरक्षा चुनौती भनेपछि जो कोहीले बुझ्ने कुरा छ।
विप्लव समूहका गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी महानिरीक्षकले सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।केही दिनअघि गृह मन्त्रालयमा बसेको सुरक्षा प्रमुखहरूको बैठकमा विप्लव समूहको गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको थियो। सो समूहले देशभर २५ भन्दा बढी टेलिकम टावरमा बम विस्फोट गराएपछि गत शुक्रबार मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीसहित सुरक्षा निकायका प्रमुखहरूको बैठकमा विप्लव समूहप्रति कडा नीति अख्तियार गर्ने र सशस्त्र प्रहरीलाई नियमअनुसार परिचालन गर्ने विषयमा छलफल भएको हो। हाल ७७ वटै जिल्लामा सशस्त्र प्रहरी कार्यालय स्थापना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस