रामेछाप बजारमा फ्रि वाईफाई जडान


२३साउन,रामेछाप
रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा वडा कार्यलयले फ्रि वाईफाई जडान गरेको छ । रामेछाप माथिल्लो बजारको प्रतिक्षालय र कारागार कार्यलय नजिकै रहेको प्रतिक्षालयमा फ्रि वाईफाइ जडान गरिएको वडा नं ८ का वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ । फ्रि वाईफाई जडान भएपछि प्रतिक्षालयमा सवारी साधनको पर्खाईमा बस्ने यात्रु , साँझ विहान प्रतिक्षालयलयमा आराम गर्ने नागरीकहरुलाई फाईदा पुगेको उहाँले बताउनुभयो । प्रतिक्षालयलयमा फ्रि वाईफाइ जडान भएपश्चात साँझ विहान ईन्टरनेट चलाउनेको घुइँचो लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस