सिमरा : एभरेष्ट बैंक लिमिटेड सिमराले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ मा रहेका दृष्टिविहिन विद्यार्थीहरुका लागि शैक्षिक सामग्री तथा शिक्षण उपकरण उपलव्ध गराएको छ ।
बुधबार एक कार्यक्रमका विच एभरेष्ट बैंकका क्षेत्रीय प्रबन्धक प्रनय प्रधानले डुमरवाना स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
दृष्टिविहिन मैत्री स्कुल व्याग, शैक्षिक सामग्री सहित कम्प्युटर, प्रिन्टर लगायतका उपकरण गरी एकलाख ५० हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको एभरेष्ट बैंक सिमराका शाखा प्रमुख नविन पण्डित क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा वैंककी सोनल शर्मा, विद्यालयका दृष्टिविहिन शिक्षक कृष्णप्रसाद तिमिल्सना, कार्यक्रमको समन्वयकर्ता संस्था मैत्री नेपालका प्रवेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो ।